लुम्बिनी

एक लाख ३५ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ

दाङ । दाङमा एक लाख ३५ हजार रुपैयाँसहित सात जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर–३, भैसिकुरमामा रहेको शरद थापाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेकाहरुको नाम खुलाएको छैन ।