सामाजिक सञ्जाल

अभिनेत्री कार्की प्रश्न गर्छिन्, ओली सरकारले योन दुर्ब्यबहारको आरोप लागेका मन्त्री स्थापीतलाइ कारबाहि गर्ला ?

काठमाण्डौ । केही समय अगाडी सुर्यखबर डट् कम मा सीके राउतलाई गोली हान्ने सन्दर्भम लेखिएको समाचारका कारण भाईरल हुनुभएकी बरिष्ठ कलाकार सुष्मा कार्कीले पुनः निर्मला पन्तको बलात्कार र हत्यासंग जोडेर केशब स्थापीत काण्डलाई जोडेकी छन् । समाजमा देखिएका बिकृतिका बिरुद्ध तुरुन्त देखेको कुरा प्रतिकृया दिन नडराउने कार्कीले आज आफ्नो फेसबुकमा लेख्दै १५ बर्ष अगाडी मेयर केशब स्थापीतले दुई युवतीमाथी गरेको यौन दुर्ब्यबाहारको बारेमा यस्तो टिप्पणी गठरेकी छन् ।

“#Me To नमाक महिला हिंसा को कार्यक्रम ले हलिउड,बलिउड हुँदै अहिले नेपाल मा पनि यसको प्रभाव देखिन थालेको छ, केशब स्थापित माथी दुई महिलाले आफुमाथी यौनदुर्ब्यबहार भएको दाबी गरेका छ्न् र निकै चर्चा हुँदै छ, के यो सरकारले मन्त्री केसबलाइ कारबाहिको दायरामा लिन्छ त ? ती महिलाले न्याय पाउँछन् त ? मलाइ त लाग्दैन। र यदि यसता दुर्व्यवहार कै कुरा गर्ने हो भने केही पुरुषलाइ छोडेर, ठुलो ठुलो पदमा भएका देखि सामान्य पुरुसहरुलाइ करिब करिब सबै माथी यो अभियोग लाग्न सक्छ, सबै पुरुषहरूको मात्र गल्ती छ भन्न पनि मिल्दैन कति ठाँउमा महिलाको पनि गल्ती हुन्छ जस्तो लाग्छ, किनकी सामाजिक सन्जाल र मोबाइलले धेरै भन्दा धेरै यस्ता कुराहरु हुन सजिलो भएको छ।महिला ले पनि आफू पहिले सहि हुनुपर्छ, गलत कुराको प्रतिकार गर्नु पर्छ, र जुन बेला जे हुन्छ त्यसको बिरोध तेहि समय मा गर्नु जरुरी हुन्छ र घटनालाई प्रमाणीत गर्न सजिलो हुन्छ, बर्सौ पछि कुरा गरेर खासै असर पर्दैन जस्तो लाग्छ।निर्मला बलात्कार र हत्याको केश त सेलाएर जादैछ भने बर्सौ पहिलेको कुरा त्यो पनि पद र पावर मा भएको बेला कस्ले सुन्ला र ?”