मनोरञ्जन

आचार्यको ‘म देश लेख्छु’, ‘तिमी गीत गाऊ’ सार्वजनिक, हिट हुने संकेत

काठमाडौँ । म देश लेख्छु, तिमी गित गाउँ,, म झण्डा बोक्छु, तिमी हात समाउँ बोलको राष्ट्र भक्ति र माया प्रेमले भरिएको गित यूट्यूव मार्फत सार्वजनिक भएको छ ।

उक्त गितमा यो देश शहिदको रगतले बनेको हो शहिदको रगतले नै यो रातो झण्डा पोतिएको निकै सुन्दर भावले समेटिएको ।
यो देशको माटोले थाहा पाउनु पर्छ हामी सबै नेपाली मिलेर अघि बढनु पर्छ भन्ने खालको भाव बोकेको गित सुन्दा निकै आन्द आउने खालको रहेको छ ।
पूर्व मेचि पश्चिम महाकाली जो जहा भए पनि हामी मिलेर अगाडि बढनु पर्छ सबै एक जुट भएर हाते मालो गर्नु पर्छ भन्ने खालको भावना र माया प्रेमले ओतप्रोत यो गितमा रहेको छ ।

सो गितमा स्वर र संगित नवराज आचार्यले दिएका छन् भने, रचना भोजराज खोटाङ्गेले गरेका हुन् । यस्तै यस गितको संगित संयोजन मनोहर सोनामले गरेका हुन भने, रेकडिङ्ग र ध्वनि मिश्रण भोला पौड्यालले गरेका हुन् ।

गाएक तथा संगितकार आचार्यले दर्जनौ गित आएको भए पनि उनको यो गित यूट्यूबाट सार्वजनि भएको पहिला गित हो । उक्त गित धेरैले सुन्ने र हेर्ने अनुमान गरिएको छ ।

हेर्नहोस भिडियो :