सामाजिक सञ्जाल

काँग्रेस नेता बिश्वकर्माको ठोकुवाः निर्मलाको बलात्कार र हत्या अनुसंधान सुन तस्करी गोरेमा सकिएजस्तै एसपी बिष्टको बर्खास्तगीमा सकिन्छ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्बमन्त्री मीन बिश्वकर्माले एसपी बिष्ट र ईन्सपेक्टर भट्टलाई बर्खास्त गरेर निर्मला पन्तको घटनाको अनुसंधान सामसुम पर्न खोजेको आशंका गरेका छन् ।
नेता बिश्वकर्माले सरकारको गतिबिधिलाई लाजमर्दोको संज्ञा दिदै एसपी डिल्लीराज बिष्टको बर्खास्तगी ओली सरकारको नाटक मञ्चन भएको बिचार ब्यक्त गरेका छन् ।

नेता बिश्वकर्माले ३घ किलो सुन तस्करीमा ठूलदा माछा भएपनि अन्तिममा गोरेमा गएर अनुस्ंधान नै स्थगीत गरिएको घटनालाई जोड्दै निर्मला हतयाकाण्ड पनि सरकारले यतिकैमा टुंग्याउने देखिएको बताएका छन् ।

तीन महिना भएपनि नेकपा अध्यक्ष केपी ओली सरकारले निर्मलदा पन्तको बलात्कार र हत्या गर्ने अपराधी पत्ता लगाउन सकेको छैन, कहिले प्रहरी अधिकारीहरुलाई निलम्बन त कहिले बर्खास्त गर्दै गृह प्रशासनको दिनचर्या बितेको अवश्थामा पूर्बमन्त्री बिश्वकर्माको उक्त कडा अभिब्यक्ती आएको हो ।