राजनीति

सरकारलाई बाबुरामको प्रश्न-बिरालो बाँधेर श्राद्ध गरेझैं प्रहरी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन् । उनले अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर दबाब दिनुपर्ने पनि बताए ।

फेसबुक र ट्वीटरमा उनले प्रश्न समेत गरेका छन् । ‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ? जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् र रु त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन रु प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधी पत्ता लाग्दैन रु दबाब जारी राखौँ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले बर्खास्त गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।