राजनीति

केही महिना अघि मात्रै भारत भ्रमण गरेका प्रचण्ड शुक्रबार किन फेरि दिल्ली जादैँछन ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारतको राजधानी दिल्ली जाने भएका छन् । ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ मा भाग लिन उनी त्यसतर्फ जान लागेका स्रोतले बताएको हो । केही महिना अघि मात्रै भारतको औँपचारिक भ्रमण सकेका प्रचण्ड फेरि दिल्ली जान लाग्नुलाई रहस्यपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीसँग भएको सल्लाहअनुसार उनी भोली बिहान दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यक्रम रहेको छ । यसैबीच भारतीय कम्यु्निष्ट पार्टीका महासचिव सिताराम यचुरी बिहिबार नेपाल आउने भएका छन् ।