पु.समाचार

एसपी बिष्टको स्पष्टीकरण: निर्मला हत्याकाण्डमा मैले लापरवाही गरेकै छैन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बर्खास्तीका लागि सिफारिस गरेका निलम्बीत एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले आफूहरुले निर्मला पन्त हत्या प्रकरणमा लापरवाही नगरेको स्पष्टीकरण दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले दुवै जनाको पत्र गृह मन्त्रालयमा बुधबार बुझाएको हो । एआइजी धिरु बस्न्यात नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार प्रहरी प्रधान कार्यालयले एसपी विष्ट र भट्टलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । २४ घण्टामा स्पष्टीकरण बुझाउनुपर्ने व्यवस्थाअनुसार विष्टले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका थिए ।

गृहले चित्तबुझ्दो जवाफ नआए दुवैजनालाई बर्खास्त गर्ने बताएको छ । निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्राप्त प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले विष्टमाथि छानबिन थालेको थियो ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि विभत्स हत्या भएको ३ महिना बित्न लाग्दा समेत सरकारले दोषी पत्ता लगाउन सकेको छ ।