विचित्र संसार

एयरपोर्टमा जाँच गर्दा भेटिए यस्ता अनौठा चीज !

काठमाडौँ । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आम मानिसको होस उडाउँछ ।

कहिले काहिँ आफ्नो ब्यागमा ड्रग्स, बाघको बच्चा, बम जस्ता चीजहरुपनि समातिएका घटनाहरु भेटिएका छन् । यस्तै तलका केहि तस्बिरहरुमा देखिएका चीजहरु पनि एयरपोर्टमा चेक जाँचको क्रममा भेटिएका हुन् जुन निकै आश्चर्यलाग्दा छन् ।

बच्चाको पासपोर्ट नभएको कारण आफ्नो बच्चालाई ब्यागमा लुकाएर लैजादैँ गर्दा समातिएका हुन् र उनीहरुलाई कारबाही गरिएको थियो ।

तपाईले तस्बिरमा देख्नुभए जस्तै एक व्यक्तिले मैनबाट बनेका १८ वटा मानिसका शिर लैजादैँ थिए । तर एयरपोर्टमा सेक्युरीटीले यी व्यक्तिलाई समातेका थिए ।

तलको फोटो चीनको एयरपोर्टको हो । जहाँ एक व्यक्तिले आफ्नो शरीरमा आईफोन बाधेँर लैजादैथिए । तर यी पनि अन्तमा समातिए ।

मृत शरीरलाई तस्करीको लागि दुई महिलाले पैसा कमाउन चाहान्थे तर यो एयरपोर्टमा भेटिएपछि उनीहरुलाई कारबाही गरिएको थियो ।

यो फोटो अस्ट्रेलिया एयरपोर्टको हो यी व्यक्तिसँग चारवटा बम थियो । -एजेन्सीको सहयोगमा