समाचार

‘महिलाविरुद्धका भेदभाव अन्त्य गर्न संविधान प्रगतिशील’

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिँदै उनीहरुको सशक्तीकरणमा जोड दिएको बताए । जेनेभामा मङ्गलबार महिलाविरुद्धका भेदभाव उन्मूलन समितिको ७१औँ बैठकमा नेपालको छैटौँ आवधिक प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो ।

उनले महिला अधिकार संरक्षण र प्रवद्र्धनका लागि नेपाल सरकारले चालेका कदम तथा उनीहरुलाई सशक्त तुल्याउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए । जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपाली नियोगका अनुसार मन्त्री थापाले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै जारी भएको नेपालको संविधानले महिला उत्थान र सशक्तीकरणका लागि प्रगतिशील व्यवस्था गरेको जानकारी दिए ।