पत्रपत्रिका

सेवाग्राहीलाई अब वाइफाइ र नयाँ कुर्सी !

चितवन । नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् ।

कुर्दा दिक्दार नहोस् भनेर प्रशासनले मोबाइल फोनमा इन्टरनेट चलाउने व्यवस्था मिलाएको छ ।

नागरिकता फाँटमा अलि भीडभाड हुने भएकाले सोचेजस्तो चाडो काम नहुन सक्छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, कुरेर बस्ने सेवाग्राही दिक्क नहुन् भनेर फ्रि राउटरको वाइफाइ राखेका छौं ।

उनका अनुसार, सेवाग्राही बस्नका लागि टिकाउ र राम्रा कुर्सी पनि छन् । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।