खेलकुद

१० औं यल कप ब्याडमिन्टन शनिबारदेखि

काठमाडौँ । पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा “१० औं यल कप ब्याडमिन्टन प्रतियोगिता “२०७५” शनिबार देखि शंखमुल प्लानिङ्गमा आयोजना हुने भएको छ ।

ब्याडमिन्टन खेलको माध्यमबाट नगरभित्र रहेका ब्यक्तिहरुविच भातृत्व, एकताका साथै स्वस्थ नागरिक र राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्दै खेलकुद क्षेत्रको विकास गर्ने उद्धेश्यले २०६५ साल देखि आयोजना गरिएको यल कप दशौं संस्करण सम्म आई पुग्दा यसले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरि सकेको छ ।

प्रतियोगिता २०७५ कार्तिक १० देखि १७ गते सम्म आयोजकको आफ्नै कोर्टमा संचालन हुने अध्यक्ष सानुकाजी महर्जनले जानकारी गराए । ब्याडमिन्टनको संस्थागत रुपमा संचालन भएको पहिलो यस प्रतियोगितालाई ललितपुरमा सम्मानित प्रतियोगिताको रुपमा हेरिने गरिएको अध्यक्ष महर्जनले बताए ।

रनिङ्ग शिल्डको रुपमा रहेको दशौं यल कपमा पुरुष युगल, भेट्रान्स (४५ बर्ष माथी), मिक्स युगल र यु – १५ छात्र तर्फ प्रतिस्पर्धा गराईने छ । प्रतियोगितामा करिव २०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् । प्रतियोगिता बिश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईने छ ।

करिव १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगल तर्फका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३०, २० र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै भेट्रान्स तर्फ १५, १० र ५ तथा मिक्स युगल र यु – १५ तर्फ १०, ७ र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताए