प्रवास

अमेरिकामा पनि नेता बास्तोलाको श्रद्धाञ्जलीसभा

काठमाडौँ । केही दिन अगाडी निधन भएका कांग्रेसका केन्द्रीय सदस्य स्व. चक्र प्रसाद बास्तोलाको श्रद्धाञ्जलीसभा अमेरिकामा सम्पन्न भएको छ । कांग्रेस नेता एव्म पूर्वअर्थमन्त्री रामशरण महतको प्रमुख आतिथ्यतामा अमेरिकाको प्रमुख सहरमध्ये एक मानिने न्यूयोर्कमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा अथक र नेतृत्वदायी भूमिका खेलेका स्व. नेता बास्तोलाको प्रशंसा गर्दै भने, ‘बास्तोला बौँद्धिक, जुझारु एवम् राजनीतिक सुझबुझ र लोकतान्त्रिक आन्दोलनमा अतुलनीय भूमिका खेलेका नेता हुन्, नेपालमा लोकतन्त्रको स्थापनार्थ उहाँले खेलेको भूमिकाको म मुक्तकण्ठले प्रशंसा गर्न चाहान्छु ।’

स्व. नेता बास्तोलाप्रति मौन धारण र पुष्पार्परणबा सुरु गरिएको थियो भने कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी, कांग्रेससँग सम्बद्ध नेताहरुले मन्तब्य राखेका थिए । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।

विगत ६ बर्षदेखि अर्धचेतन अवस्थामा रहेका नेता बास्तोलाको असोज २७ गते उपचारका क्रममा निधन भएको थियो ।