सामाजिक सञ्जाल

मुकुन्दे अघिअघि प्रधानमन्त्री ओली पछिपछि !

काठमाडौँ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही बर्षमा घरघरमा बिजुलीको तार पुग्ने अभिव्यक्ती दिएका छन् जुन अभिव्यक्ती केही बर्षअघि नै जुनसुकै बिषयवस्तुमा केन्द्रित रहेर सामाजिक सञ्जालमा खरो टिप्पणी, विश्लेषण र भविष्यवाणी गर्दै आएका मुकुन्द घिमिरे उर्फ मुकुन्देले दिईसकेका थिए ।

पहिलोपटक प्रधानमन्त्री हुदाँ ओलीले चुलाचुलामा ग्यासको पाईप पुर्याईनेछ भन्दैँ बोलेका थिए जुन अभिव्यक्तीमा मुकुन्देले टिप्पणी गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्तो लेखेका थिएः– “घरघरमा गन्हाउने ग्यासको पाईपलाईन चाहिदैँन, अरबीहरुले पाधेको बिषाक्त आयु यहाँ उडाउन पाईदैँन । भात पकाउने चुलाचुलासम्म भात पकाउने बिजुलीको तार टाङ्नुपर्छ, आफ्नैँ छागाबाट निस्कने हाईड्रोपावर माङ्नुपर्छ ।”

यसबाट के दाबी गर्न सकिन्छ भने, मुकुन्दल्यान्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ मुकुन्दे प्रधानमन्त्री ओली भन्दा पनि दुरदर्शी हुन् ।