समाचार

नेपालमै पहिलो पटक बिजुली बस: पुल्चोकबाट चढेर प्रधानमन्त्री ओली सिंहदरबार झरे

काठमाडौँ । राजधानीमा आजदेखि दुईवटा ईलेक्ट्रोनिक बस सञ्चालनमा आएका छन् । साझाँ यातायातले मंगलबारदेखि दुईटा बस सञ्चालनमा ल्याएको र बाँकी ३ वटा बस केही दिनमै ल्याउने भएको हो । काठमाडौँ उपत्यकामा चल्ने ती बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

उद्घाटनपछि बोल्दैँ प्रधानमन्त्री ओलीले सन् २०२० सम्म कम्तीमा पनि २० प्रतिशत विद्युतीय सवारीसाधन चलाईने बताए । ‘विद्युतीय बसको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्नुका साथैँ यात्रा पनि सहज हुन्छ, त्यसकारण अबको दुई बर्षभित्रमा सरकारले २० प्रतिशतभन्दा बढी ईलेक्ट्रोनिक सवारी साधन सञ्चालनमा ल्याउदैँछ ।’

प्रधानमन्त्री ओलीले ललितपुरको पुल्चोक देखि सिंहदरबारसम्मको यात्रा समेत गरेका छन् ।