मनोरञ्जन

जेन्टलले घाटि रेटेपछि के भयो ? (हेर्नुस् भिडियो)

बिराटनगर । उदयमान गायक जेन्टल अधिकारीले आफ्नो नया कोशेली ‘घाटी मेरो रेटेपानी’ बजारमा ल्याएका छन् । पछिल्लो समय गीतसंगीत क्षेत्रमै केहि गर्ने सोचका साथ संगीत क्षेत्रमा लागेका जेन्टलले यो भिडियोलाई सबैले माया गरिदिन समेत अनुरोध गरे ।

म्युजिक भिडियो पुर्वान्चल्को विभिन्न मनोरम स्थानमा छायांकन गरिएको छ । भिडियोमा संचारकर्मी तथा मोडल प्रतिक श्रेष्ठ, कोपिला मैनाली, अस्मि कार्की र जेन्टल स्वयम्ले समेत अभिनय गरेका छन् ।

कमेडी सेण्टिमेण्टल कथावस्तुलाई भिडियोमा देखाउन खोजिएको छ । गीतको संगीत स्वर जेन्टल अधिकारीको रहेको छ भने सब्द हरिगोपाल अधिकारीको रहेको छ । म्युजिक भिडियोलाई संचारकर्मी तथा कलाकार विरेन्द्रकुमार साहले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो:-