पु.समाचार

कामचोर मन्त्रीलाई झड्का: मन्त्रीका दैनिक काम अब प्रधानमन्त्रीको मोबाईलमा, काम नगर्ने मन्त्री आउट हुने !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मोबाईल एपबाटै मन्त्रीहरुको कामको मूल्याङ्कन गर्ने भएका छन् । सरकारको कामकारवाही चुस्त, दुरुस्त र गतिशिल बनाउन प्रधामन्त्री ओलीले मन्त्रिहरुमाथि मोबाईल एपबाट निगरानी बढाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले तयार पारेको यो एपमा सबै मन्त्रालयले आफूले गरेको कामको विवरण नियमित रुपमा भर्नुपर्ने र ती भरेका विवरणहरु प्रधामन्त्री ओलीको मोबाईलमा रहेबकमा एपमा देखिने जनाईएको छ । मन्त्री र मन्त्रालयले आफूले गरेको कामको विवरण प्रत्येक साथ प्रधानमन्त्री कार्यालको पोर्टलमा नियमित रुपमा अपडेट गर्नुपर्ने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले बताए ।

मन्त्रालयको प्रगती विवरण प्रधानमन्त्री कार्यालयको पोर्टलमा राख्ने जिम्मेवारी पाएका सम्बन्धित मन्त्रालयका सहसचिवले भर्नेछन् भने त्यसको मूल्याङ्कन सोही मन्त्रालयका सचिवले गरेपछि सम्बन्धित मन्त्रीले आफ्नो टिप्पणी राख्ने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले गरे ।

प्रधानमन्त्रीको सचिवालयले तयार पारेको. उक्त पोर्टलमा नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अवस्थाबारे नियमित अपडेट गरिने र त्यसपछि प्रधानमन्त्रीले आफ्नो मोबाईलमा एपमा त्यसको सबै जानकारी पाउने र सो विवरणको अध्ययनपश्चात प्रधानमन्त्रीले सामूहिक छलफल गर्ने बताईएको छ ।

मन्त्रालयका कामकारवाहीमा लापरवाही गर्ने मन्त्रीलाई कारवाही र राम्रो काम गर्नेको प्रशंसा गरिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । मन्त्रालयको बजेट नीति तथा कार्यक्रम बेबसाईटमा अपडेट हुने बित्तिकै प्रत्येक मन्त्रीहरुले आफू मातहतको मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीलाई बिफ्रिङ् गर्ने बताइएको छ ।

एपको सम्पूर्ण विवरण प्रधानमन्त्रीले हेरिसकेपछि मन्त्रालयको कामको प्रगतिबारे प्रधानमन्त्रीले सामूहिक रुपमा छलफल गर्ने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाले बताए । मोबाईल एप सञ्चालनमा आएपछि मन्त्रीहरुले प्रधानमन्त्रीसँगको भेटमा कमि आएर समय बचत हुने र छिटोछरितो काममा मात्रै केन्द्रीत भईने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।