प्रवास

कतारमा रोजगारी गर्नुहुन्छ ? यो पढ्नुहोस्

काठमाडौँ । खाडी मुलुक कतारले प्रवासी कामदारहरुका लागि नयाँ व्यवस्था लागू गरेको छ । यहाँ कार्यरत सम्पूर्ण श्रमिकहरुलार्इ अब कतारबाट बाहिरिदा एक्जिट अर्थात खुरुज पेपर नचाहिने गरी ब्यवस्था लागू भएको हो ।

स्थायी रुपमा कतार छाड्नका लागि अक्टोबर २८ देखि यो व्यवस्था लागू हुने त्यहाको विदेश प्रशासनले जनाएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गत महिना आप्रवासी कामदारको प्रवेश,गमन तथा आवास प्रावधान रहेको २०१५ को श्रम कानून नम्बर २१ लाई केही परिमार्जित गर्दै २०१८ को कानून नम्बर १३ जारी गरेपछि गमन पत्रको आवश्यकता खारेज भएको हो।

कतारले जारी गरेको एग्जिट परमिट खारेजी कानून बारे बुझ्नुपर्ने कुराहरु यस्ता छन्ः

१. कतारमा एक्जिट परमिटको कानून खारेज गरिएको छ। नियम आउँदो अक्टोबर २८ तारिखबाट लागु गरिनेघोषणा गरिएको छ।

२. नियम कार्यान्वयनमा ल्याउन आन्तरिक मन्त्रालय र श्रम मन्त्रालय बीचको समन्वयमा समिति गठनभइसकेको छ।

३. कानून अनुसार आप्रवासी कामदारले आफ्नो करार अवधिभर बिदामा वा कुनैपनि बेला कम्पनी वा मालिककोअनुमति बिना नै देश छोड्न पाउँछन् ।

४. गहना पसल,बैंकका कर्मचारी लगायत कामको वातावरण हेरेर पूरा कामदार मध्येको ५ प्रतिशतलाईअनुमति बिना देश छोड्न नदिने अधिकार कम्पनीसँग अझै सुरक्षित छ। तर त्यसको लागि कम्पनीले कामदारकोनाम,कामको प्रकृति र पूरा स्पष्टिकरण पहिले नै मन्त्रालयमा पेश गर्नुपर्नेछ। त्यसको प्रक्रिया बारे मन्त्रालयलेचाँडै जागरण गराउँदैछ।

५. यो नियम घरेलु कामदारको लागि भने लागू हुनेछैन।

६. कम्पनीले तपाईंलाई भनेको बेलामा वा बिदामा राम्रै तरिकाले घर पठाउँछ भने यो नयाँ कानूनले तपाईंलाईखासै फरक पार्ने छैन।

७. भनेको बेला देश छोड्न नपाएका र बिदामा घर जान नपाएका कामदारले मदिनात खलीफा स्थित गमन पत्रउजुरी केन्द्रमा गएर निवेदन दिनुपर्ने हुन्छ। केन्द्रले बढीमा ३ दिन भित्र घर पठाउने प्रक्रिया पूरा गर्नेछ।

८. घर जान अगाडि तलव तथा बाँकी हिसाब नपाएमा श्रम विवाद समाधान समितिमा गएर उजुरी गर्न सकिन्छ।समितिले सबै खालको विवाद १ महिना भित्र सुल्झाउने छ।