राजनीति

असक्षम भन्दै आधा दर्जन मन्त्री हट्ने, मन्त्री भन्छन् ‘हामी असक्षम भए प्रधानमन्त्रीले राजनीनामा दिनुपर्छ’

काठमाण्डौ । नेकपाका अध्यक्ष केपी शर्मा ओली आगामी बैठकमा गृहमन्त्री रामबहादुर थापालाई हटाउन सहमती गराउने तयारीमा रहेको प्रधानमन्त्री निकट श्रोतको दाबी छ । आईतबार बस्ने भनिएको नेकपाको सचिवालय बैठकमा सरकारको समिक्षा गर्ने र सरकारका मन्त्रीहरुले काम गर्न नसकेको लागेमा तत्काल हटाउने निर्णय गर्ने सम्भाबना बलियो रहेको बताईएको छ ।

केहि महिना अघिदेखी नै रुष्ट रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्रीलाई हटाउन अर्का अध्यक्ष पुष्पकमल दहालसंग स्वीकृत लिन खोजेपनि उक्त स्वीकृति दिदा भर्खरै मिलेको पार्टी भित्र असन्तुलन कायम हुनसक्ने हुंदा दहालले उत्तर दिईनसकेको बताईएको छ । गृहमन्त्री रामबहादुर थापासंग अध्यक्ष दहाल पनि रुष्ट रहेको समाचार सिंडिकेट रोक्न थापा लागी परेका बेला छताछुल्ल भएको थियो । थापा पार्टी फुटाएर मोहन बैद्य लाईनमा गएपनि पछि आएकाले उनलाई मनाउन अध्यक्ष दहालले प्रधानमन्त्री ओली र पार्टीभित्र आफ्नो लाईनका नेताहरुसंग सहमती गराएर गृहमन्त्री दिएका थिए । अहिले पनि त्यस्ता कुनै नयाँ निर्णय भए पूर्ब लडाकु प्रमुख समेत रहेका थापाले कुनै अन्य निर्णय गरेर आफूलाई अप्ठ्यारो पार्न सक्ने अनुमानका कारण अध्यक्ष दहालले गृहमन्त्री थापालाई हटाउने निर्णयमा प्रधानमन्त्री ओलीसंग सहमत हुन नसक्ने सम्भाबना बलियो छ तर गृहमन्त्रीमात्र नभएर अर्थमन्त्री युवराज खतिवडा, सामान्य प्रशासन मन्त्री लालबाबू पण्डित, उद्योग मन्त्री मात्रिका यादब, पर्यटन मन्त्री रबिन्द्र अधिकारी, बन मन्त्री शक्तीबहादुर बस्नेत, उर्जामन्त्री बर्षमान पुनः लगायतका मन्त्रीहरुमा नेकपा भित्र काम गर्न नसकेको आरोप लागिरहेको छ ।

आरोप लागेका एक मन्त्रीका अनुसार आफूहरुलाई असक्षम भनेर हटाइए प्रधानमन्त्री नै असक्षम भएको आरोप बिपक्षी ले लगाउने सम्भाबना रहने र अकिले नै सरकारको कामको मूल्ल्यांकन गर्ने समय नभएको, सरकार र प्रधानमन्त्रीको मूल्याँकन गर्ने समय अहिले आईनसकेकोले सचिवालय बैठकमा यस्ता कुरा नउठाउनु नै राम्रो होईन । यदि सरकारका आधा दर्जन मन्त्री नै असक्षम छन् भने प्रधानमन्त्रीले नै राजनीनामा दिनु उपर्युक्त हुन्छ । आधा दर्जन मन्त्री असक्षम भएको मन्त्री परिषदका प्रधानमन्त्री पनि त असक्षम छन् नि होईन र ? नाम नभन्ने सर्तमा उनले भने ।

गृहमन्त्री थापा र अर्थमन्त्री युवराज खतिवडाको भने नेकपा भित्र ब्यापक आलोचना हुन थालेको र उक्त आलोचनामात्र नभएर कार्यकर्ताहरुको तीब्र दबाब प्रधानमन्त्रीकोमा पुगेको हुनाले समेत दुईमन्त्ती नहटाई प्रधानमनत्री ओलीले सुख नपाउने अनुमान समेत नेकपा नेताहरुको छ ।