मनोरञ्जन

अशोक शर्माको ‘जय भोले’ ले दुई दिनमै कमायो झण्डैँ दुई करोड

काठमाडौँ । फूलपातीको दिनदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ले आक्रामक सुरुवात गरेको छ । बहुप्रतिपक्षीत मानिएको र चलेका कलाकारले भरिएको चलचित्र ‘जय भोले’ ले दुईदिनमै करिब डेढ करोड बढीको ग्रस कलेक्सन गरेको हो ।

छक्का पञ्जा ३ को बलियो आकर्षणलाई छिचोल्दैँ यो चलचित्रले अहिले दर्शक तानिरहेको छ ।

अशोक शर्माको निर्देशनमा निर्माण भएको यो चलचित्रमा कलाकार सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रया दिएकाले फिल्मले अझैँ राम्रो व्यापार गर्ने निर्माण पक्षको भनाई छ ।