विचित्र संसार

यो ठाउँ जहाँ बिहेअघि नै बच्चा पाउनुपर्छ !

काठमाडौँ । सामान्यतः बिहे अगाडिको सम्बन्धबाट बच्चा जन्माउनुलाई हामीकहाँ राम्रो मानिँदैन । कुमारी आमाहरुलाई हेयको दृष्टिले हेरिन्छ र कतै कतै त सामाजिक बहिष्कार नै गरिन्छ । तर छिमेकी देश भारतको एउटा समुदायमा भने बिहे अगाडि नै अनिवार्य रुपमा बच्चा जन्माउनुपर्ने परम्परा छ ।

सुन्दैमा आश्चर्यजनक लाग्ने यो प्रथा भारतको राजस्थान तथा गुजराँतमा बस्ने गरासिया समुदायमा रहेको छ ।

यो समुदायका उमेर पुगेका केटाकेटीहरु भावी लोग्ने स्वास्नीको रुपमा लिभ इन रिलेसनसीपमा रहन्छन् । लिभइन रिलेसनमा रहँदा उनीहरुबीच लोग्नेस्वास्नीबीचमा हुनेजस्तै सबै क्रियाकर्म हुन्छन् । जब केटीचाहीँको गर्भ रहन्छ र बच्चा जन्मिन्छ अनिमात्र सँगै बस्दै आएका केटा र केटीबीच बिहे गराइन्छ ।

अझ अनौठो कुरा त के भने निश्चित समयसम्म लिभ इन रिलेसनमा बस्दा समेत केटा केटीले बच्चा पैदा गर्न सकेनन् भने उनीहरुको एक आपसमा बिहे हुन सक्दैन । दुबै जना छुट्टिन्छन् र सँगै बसेर बच्चा जन्माउनका लागि अर्को साथी खोज्नुपर्ने हुन्छ । जो सँगको समागममा बच्चा हुन्छ उहीँसँग बिहे गर्दछन् ।

यो परम्परा एक हजार वर्षदेखि चल्दै आ्एको छ । यसलाई दापा प्रथा भनिन्छ । यो समुदायमा एउटा मेला पनि लाग्दछ । उक्त मेलामा युवक युवतीहरुले उल्लासमय वातावरणमा भाग लिन्छन् । मेलामा आएका युवतीहरुमध्ये आफुलाई मन परेकी युवतीलाई भगाएर लैजान्छन् तन्नेरीहरु ।

यसरी भगाएर लगेका युवतीसँग लिभइन रिलेसन सुरु हुन्छ । यदि उनीहरुको सहवासबाट बच्चा जन्मिएका उनीहरु नै लोग्ने स्वास्नी बन्दछन् । बच्चा जन्मिएन भने केही समयपछि छुट्टिन्छन् । -एजेन्सी