अन्तर्राष्ट्रिय

विश्वमै सबैभन्दा लामो लोककाव्य २०१९ मा सार्वजनिक हुदैँ

चेङ्दु । विश्वमै सबैभन्दा लामो लोककाव्य मानिएको राजा गेसारको काव्यको सङ्कलन अर्को वर्ष अर्थात् सन् २०१९ प्रकाशन गरिने भएको छ ।

“इपिक अफ किङ गेसार” नाम दिइएको यस महाकाव्यमा एघारौं शताब्दीमा कसरी तिब्बती अर्धइश्वर मानिने राजाले आफ्ना शत्रुलाई कसरी परास्त गरे र आम जनतालाई कसरी सुरक्षित गरे भन्ने कथा रहेको छ ।

अनुसन्धाताहरुले तिब्बती समुदायबाट काव्यका विभिन्न खण्डहरुका साथै विगत ६० वर्षमा प्रकाशन भएका सामग्रीहरु सङ्ग्रहित गरिसकेका छन् ।

नयाँ पुस्तक ३७० खण्डमा विभक्त हुनेछ र यसमा ८ करोडभन्दा बढी शब्द रहेका छन् । केही नयाँ खण्डहरु मानिसले पहिलोपटक हेर्न पाउने छन् ।

यस पुस्तकको चिनीया र अङ्ग्रेजी भाषामा प्रकाशनका लागि पनि तयारी गरिँदैछ । यो काव्यका कथाहरु तिब्बतका स्थानीयबासीबाट एक पुस्ताबाट अर्को पुस्तामा मौखिक रुपमा आएको हो । यो पुस्तक तिब्बती संस्कृति र परम्परा अध्ययन गर्नेहरुका लागि महत्वपूर्ण रहने बताइएको छ । –एजेन्सी