आर्थिक

७० वर्षीय तामाङ्गको परिवारलाई दशैं मनाउन आर्थिक सहयोग

महोत्तरी । बर्दिवास नगरपालिकाको कार्यालयले कुष्टरोग पीडित ७० वर्षीय बृद्ध मरिचमान तामाङ्गको परिवारलाई दशैं मनाउनका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

मंगलवार साँझ बर्दिवास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले बर्दिवास ११ स्थित अतिगरिव तामाङ्गको घरमा गई दशैं मनाउनको लागि नगरपालिका कार्यालयले ३० किलो चामल, तीन लिटर खानेतेल, तीन किलो नुन, मरमसाला, एक÷एकजोर कपडा र रू। पाँच हजारसहित सहयोग गरेका हुन् ।

उनीहरु बस्ने घरपनि अति नै जीर्ण अवस्थामा रहेकोले घर बनाइदिने सोचमा रहेको वडाअध्यक्ष धनवहादुर ठोकरले बताए ।