राजनीति

वरिष्ठ नेता नेपालको ओलीलाई चेतावनीः देश र जनताको बेहाल भयो, अब म टुलुटुलु हेरेर बस्दिन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता र मुलुकको पक्षमा सक्रियतापूर्वक काम गर्न आग्रह गरेका छन् । दशैको शुभकामना आदानप्रदान गर्न रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा नेता नेपालले जनता र मुलुकको दुर्दशा आफूले हेरेर बस्न नसक्ने बताएका हुन् ।

‘जनता र मुलुकको बेहाल अवस्था म टुलुटुलु अब हेर्न सक्दैँन, नेता नेपालले भने, अब प्रधानमन्त्री ओलीजीले फास्टट्रयाकमा काम गरेर र गराएर जनताको मुहारमा खुसीयाली ल्याउने काममा लाग्न आग्रह गर्छु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले देशमा अहिले प्रजातन्त्रको नाममा अराजकतातन्त्र बढेको र अराजकताले एउटाले अर्कोलाई नटेर्ने प्रवृति हाबी भएको बताए । देशमा जताजतै घुसखोरी ढिलासुस्ती बढेको र यसको समाधानका लागि सरकार सक्रिय तत्काल लाग्नुपर्ने उनको भनाई थियो ।