विचित्र संसार

यी हुन् ६० वटा पत्नीका श्रीमान !

काठमाडौँ । भारत र म्यानमारको बीचमा पर्ने कोन्याक आदिवासी राजा अंग नगोवांगका ६० वटा पत्नी छन् । उनको राज्यमा कुल ७५ वटा गाउँ छन् । यो राज्यका मानिसहरु म्यानमारमा खाना खाएर भारतमा सुत्न जान्छन् भनिन्छ । गाउँको आधा हिस्सा भारतमा र आधा हिस्सा म्यानमारमा पर्छ ।

राजा नगसोवांगका छोरा म्यानमारको सेनामा आबद्ध छन् । यो राज्यका मानिसलाई भारत र म्यानमार दुवै देशको नागरिकता दिइएको छ । गाउँलेहरु निकै खुसी र शान्तसँग बसेका छन् । राजाले आफ्ना ६० वटी पत्नीका साथ निकै सुखभोग गरिरहेका छन् । राजाको सबै काम प्रजाहरुले गरिदिन्छन् र पत्नीहरुका सबै इच्छा राजाले पूरा गरिदिन्छन् । -एजेन्सी