पत्रपत्रिका

पहिलोपटक नेपालले आफ्नो भूउपग्रह अन्तरिक्षमा पठाउदैैँ

काठमाडौँ । रुसले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने तयारी गरेको आजको नागरिक दैनिकले खबर प्रकाशित गरेको छ ।

नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ को मोडल तयार भइसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले जनाएको छ ।

सन् २०१९ अगस्तभित्र अमेरिकाकाको फ्लोरिडास्थित नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन ९नासा० को अन्तरिक्ष केन्द्रबाट भूउपग्रह प्रक्षेपण गर्ने सरकारी योजना छ ।

भूउपग्रहको संरचना तयार भए पनि यसको यान्त्रिक र वातावरणीय परीक्षण गर्न बाँकी छ ।

नेपालले २०७४ साल माघ ३ गते क्यटेकसँग सम्झौता गरी आफ्नो भूउपग्रह निर्माण कार्य अगाडि बढाएको थियो ।