समाचार

सोफिनमा डा. आचार्य

काठमाडौँ । सोसाइटी अफ पब्लिक हेल्थ फिजिसियन नेपाल (सोफिन) को पाँचौँ साधारणसभाले डा. भीम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

सङ्घको तीनवर्षे नयाँ कार्यसमितिका उपाध्यक्ष र महासचिवमा क्रमशः डा. नरेशप्रताप केसी र डा. अमित भण्डारीलाई चयन गरिएको छ । सहसचिवमा डा. नस्तु शर्मा, कोषाध्यक्षमा डा. आशिष केसी तथा सदस्यमा डा. अर्चना अमात्य, डा. भीमसिंह तिंकरी, डा. विकास लामिछाने, डा. मदनकुमार उपाध्याय र डा. सुनिल शर्मा रहेका छन् । सङ्घको विधानअनुसार निवर्तमान अध्यक्ष डा. यशोबर्धन प्रधान स्वतः सदस्य पदमा चयन भएका छन् । जनस्वास्थ्य क्षेत्रमा सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नीतिगत रुपमा सहयोगसमेत पु¥याउँदै आएको छ ।