विचार/ब्लग

कसले सम्हाल्लान नेबिसंघको आगामी बागडोर ?

हेमराज जोशी / नेपाल विद्यार्थी संघको १३ औँ महाधिवेशनमा ३१ वर्षे उमेर हदबन्दी लागेसँगै आगामी नेतृत्ववारे चर्चा र बहस सुरु भएको छ । संघको आगामी नेतृत्वमा दाबी गर्नेहरुमा संस्थापन पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट उपाध्यक्ष पवन यादव, सह महामन्त्री द्धय प्रेमराज जोशी,अम्बिका चलाउने पनी आकाँक्षी देखिएपनी जोशीको पल्लाभारी हुने निश्चित छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट वर्तमान उपाध्यक्ष सागर परियार र कोषाध्यक्ष शिव रिमाल आकाँक्षी हुन रिमाल पौडेलका निकट हुन भने परियार महामन्त्री ससांक कोइरालाले रुचाएका पात्र हुन ।

उता पार्टी सभापति शेर बहादुर देउवा संग बार्गेनिंग गर्दै आकार बढाएपनि निष्प्रभावी देखिएको कृष्ण सिटौला समुहबाट पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, दुजागं सेर्पा र नवराज त्रिपाटी अध्यक्षका दाबेदार हुन यसपाली रामचन्द्र पौडेल पक्षसंग सहकार्य गरेर परिणाम हात पार्ने रणनितिमा रहेपनी त्यो सम्भव नरहेको नेबिसंघकै एक नेताले सुर्य खबरलाई बताए ।

अन्य पदभन्दा धेरैको आकाँक्षा रहने महामन्त्रीमा सबैभन्दा धेरै आकाँक्षीहरु हुने भएकोले पार्टी नेतृत्वलाई व्यवस्थापनका लागी अप्ठयारो हुने आँकलन गरिएको छ । संस्थापन देउवा पक्षबाट प्रकाश घिमिरे,तारक के.सी,टंक पाण्डे,चन्द्र विक,मिरा कटुवाल महामन्त्री पदका दाबेदार हुन । देशैभर बलियो सम्र्पक सुत्र भएका र विद्यार्थी नेता कार्यकर्ताहरुसंग सहज पहुच स्थापित गरेका सबै आकाँक्षिहरु वर्तमान केन्द्रिय समिति सदस्यहरु हुन ।

कपिलवस्तुका घिमिरे वर्तमान समितिका सह महामन्त्री हुन उनि काँग्रेस नेता बालकृष्ण खाडका निकट पात्र हुन । हाल केन्द्रिय सदस्य रहेका रुकुम पश्चिमका तारक के.सी पार्टी सह महामन्त्री तथा निर्देशक समिति संयोजक डां प्रकाशसरण महतले रुचाएका पात्र हुन । त्यस्तै बरिष्ठ नेता पौडेल पक्षबाट रामचन्द्र भटराई आरसी, एलिजा ढकाल, कल्पना खडका बगाढी देखिएका उम्मेदवार हुन ।

सिटौला पक्षबाट शुसिल भटट,रत्नहरी ढुंगेल,निरञ्जन थापा, लगायत आफुलाई महामन्त्रीको रुपमा उभ्याउन चाहान्छन एकै पटक नेतृत्व दोस्रो पुस्ताको हातमा जाने भएपछि तेह्रौ महाधिवेशनलाई काँग्रेस वृतमात्र होईन नेपालको विद्यार्थी राजनिति वृतमा विषेश महत्वका साथ हेरिएको छ ।