मनोरञ्जन

कालीसँग गुराँस टिप्दै आए राजकुमार लामा (भिडियो सहित)

काठमाडौं । बहु प्रतिभाका धनी राजकुमार लामा तामाङको प्रस्तुतिमा दशैंको अवसर पारेर दुई वटा सांगीतिक कोसेली सार्वजनिक भएका छन् । उनको आफ्नै शब्द, संगीत र स्वरमा सजिएका दुई गीतको भिडियोहरु दुई हप्ताको अन्तर पारेर सार्वजनिक भएका हुन् ।

गीतहरुमा तामाङ सेलो गुराँस टिप्न र लोक पप गीत काली काली रहेका छन् ।

पछिल्लो समयका निकै नै व्यस्त भिडियो निर्देशक प्रियजन राईको निर्देशनमा दुवै भिडियो निर्माण भएका हुन् । गुराँस टिप्न बोलको तामाङ सेलोमा दिपेश एस।के। र दिप्ती तामाङको अभिनय रहेको छ भने काली काली बोलको लोक पप गीतको भिडियोमा समिर राई र निशा तामाङको अभिनय देख्न सकिन्छ । दुवै भिडियोको छायाँकन जनकराज अधिकारीले गरेका छन् भने सम्पादन मनिष कार्कीको रहेको छ ।

बाँकी तलको भिडियो लिंकमा हेर्नुहोस्ः–