समाचार

दिनदहाडै कार्यालयमै घुसखोरी, यसरी परे अधिकृत सुवेदी अख्तियारको फन्दामा

काठमाडौँ । टोखा नगरपालिकाका अधिकृत १ लाख घुस सहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार उनलाई घुस लिदैँ गर्दा रङ्गेहात पक्राउ गरेको हो । आईतबार कार्यालय समयमा नै अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख रुपैयाँ सहित समातिएका छन् ।

बिशेष सूचनाका आधारमा अख्तियारको टोली टोखा नगरपालिका कार्यालय पुगेको थियो । उपभोक्ता समितिबाट अधिृकत सुवेदीले १ लाख घुस लिईसकेको अवस्थामा उक्त टोली कार्यालयमै पुगेका थिए ।

उपभोक्ता समितिले निर्माण गरेको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि उनले घुस लिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।