पु.समाचार

चाउचाउमा फकाएर पालैपालो बलात्कारपछि हत्या, बलात्कारी र हत्यारालाई हतकडी !

काठमाडौँ । दिनुहु बालिका बलात्कारका घटनाहरु आईरहेका बेला आईतबार एक ८ बर्षिय बलिकाको बलात्कार पछि हत्या गरिएको समाचार प्रकाशमा आएको छ । बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा दुई अभियुक्त सार्वजनिक गरिएका हुन् ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित देउरी परबाहा गाउँकी ८ वर्षीय बालिका मनिकाकुमारी यादवलाई सामूहिक बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले दुईजनालाई हतकडी लगाएको छ ।

घटनामा संलग्न ३२ वर्षीय विनोद मुखिया र २३ वर्षीय नथुनी पण्डित कुम्हारविरुद्ध जबर्जस्तीकरणी र कर्तब्य ज्यान मुद्धा अन्तर्गत कारवाहीको तयारी गरिएको छ । रक्सी पिएर उनीहरुले बलात्कारको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार स्थानिय पसलमा साझँ पखतिर उनीहरुले रक्सी पिएपछि यौनिच्छा जागेपछि गाँउमा लागेको मेलामा पुगे र मेलामा पुगेपछि उनीहको कुदृष्टि मनिकामा पर्यो र मनिषालाई १० रुपियाँको चाउचाउँ किनिदिने लोभ देखाएर सो मेलाबाट एक किलोमिटर पर खेतबारीमा लगी मुख थुनेर पालै पालो बलात्कार गरेको र उनको हत्या गरिएको थियो । पछि उनीहरु मनिषा मरेको छ कि छैन् भन्ने कुरा निश्चित गर्न फेरि घटनास्थल पुगेको र निश्चित भएपछि मनिकाको कपडा खोलेर फालेका र उनीलाई घोप्टो पारेर हिलोमा छोडेर फर्केका प्रहरीको भनाई छ ।

उनीहरुलाई मनिकाकी आमाको शंको आधारमा पक्राउ गरिएको छ ।