समाचार

ज्ञवालीको निधनमा दुःख व्यक्त

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा दुःख व्यक्त गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी ज्ञवालीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी र व्यावसायिक पत्रकारिताका अभियानकर्मीलाई गुमाएको बताए ।

महासङ्घले उनले नेपालको व्यावसायिक पत्रकारिताका लागि निर्वाह गरेको अतुलनीय भूमिकाको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहने जनाएको छ । छातीमा असजिलो भएपछि बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा उपचारका लागि लगिएकामा ज्ञवालीको उपचारकै क्रममा शनिबार ७९ वर्षका उमेरमा निधन भएको हो ।

विसं २०४६ को राजनीतिक परिवर्तनपछि ‘कान्तिपुर’ पत्रिका प्रकाशन शुरु गरी ज्ञवालीले नेपालमा व्यावसायिक पत्रकारिताको थालनी गेका थिए । विसं २०६२.६३ को जनआन्दोलनपछि उनले नेपाल रिपब्लिक मिडिया स्थापना गरी ‘नागरिक’ दैनिक र अङ्ग्रेजीमा ‘रिपब्लिका’ दैनिक प्रकाशन गरी सञ्चारक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

भाषा, साहित्य, कला र संस्कृतिमा योगदान पु¥याउनु भएका ज्ञवालीका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । स्व ज्ञवालीका श्रीमती र तीन छोरा छन् ।