प्रवास

मलेसिया जाने कामदारका लागि खुसीको खबरः भिसामा अब १ रुपियाँ नलाग्ने

काठमाडौँ । केही महिनादेखि नेपाली कामदारका लागि रोकिएको मलेसिया जाने बाटो खुल्ने भएको छ । बाटो खोल्नका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागर समझदारी पत्रमा हस्ताक्षर गर्न कात्तिक ११ गते काठमाडौँ आउने तय भएको हो ।

नेपाल र मलेसियाबीच समझदारी पत्रमा हस्ताक्षर हुने भएपछि अब नेपाली कामदारलाई मलेसियाले रोजगारीका लागि निशुल्क लानेछन् । केही महिनाअघि श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले बिचौँलीले कामदार ठग्न थालेका भन्दैँ कामदार पठाउन बन्द गरेका थिए । त्यसको दुई महिना नबित्दैँ मलेसियाले भिसा प्रक्रिया निशुल्क गर्न सहमती जनाएको छ ।

एमयु अर्थात समझदारीपत्रको मस्यौँदामा दुईदेशबीच सहमती भईसकेको र भिसा प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च मलेसियन रोजगारदाता कम्पनिले व्यहोर्नेछ । आउदोँ कार्तिक १२ गते सम्झौतापत्रमा हस्ताक्षर भएपछि नेपाली कामदारको १ लाख रुपियाँ जोगिनेछ ।