सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले लाजमर्दो काम गरेः कांग्रेस नेता बलायर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विर बहादुर बलायरले डोटीबाट जनताले चुनेर पठाएका जनप्रतिधिले नै जिल्लाको अपमान गरेको आरोप लगाएका छन् । आईतबार जिल्लामा आयोजित दशैँतिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दैँ नेता बलायरले यस्तो आरोप लगाएका हुन् ।

सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोलन भट्ट र सांसद पुर्णा जोशी लगायतले गोदावरी भनेर प्रदेश संसदमा भोट गर्नु डोटीका जनताको अपमान भएको नेता बलायरले दाबी गरेका छन् । ‘७ नम्बर प्रदेशका मुख्य मन्त्रि त्रिलोचन भट्ट ,सांसद पुर्णा जोशीले राजधानी गोदावरी हुनुपर्ने भन्दैँ भोट गर्नु लाजमर्दो काम हो, उनले भने, यो डोटीका जनताको ठाडो अपमान हो ।’

पूर्वमन्त्री समेत रहेका बलायरले प्रदेश नामाकरण र राजधानीको तोकिएको बिषयप्रति रोस प्रकट गर्दै मुख्यमन्त्री र अन्य सांसदहरुको कडा शब्दमा आलोचना गरेका छन् । मुख्यमन्त्री लगायतले डोटीको अस्तित्व संकटमा पारिसकेको आरोप लगाउदैँ यसका लागि अब सबै एक ढिडकका हुनुको विकल्प नरहेको बताए ।

नेपाल स्वास्थकर्मि संघ डोटीले आयोजना गरेको उक्त कार्यक्रममाकेआईसिह गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहि, उपाध्यक्ष मिना विष्ट, नेपाल पे्रश युनियनका अध्यक्ष प्रकाश बम लगायतको उपस्थिती रहेको थियो ।