स्वास्थ्य

बास्तोला समाचार प्रकरण– ‘मेडिकल्ली नो मोर’ भनेको मृत घोषणा गरेकै हो: डा. पोख्रेल

काठमाण्डौ । काँग्रेस पूर्ब केन्द्रीय सदस्य चक्र बास्तोलाको आज ३ बजे निधन भएको समाचारमा सामाजिक सञ्जालमा ब्यापक बहस भएको छ । ठूला मिडियाले उनको निधन भएको समाचार प्रकाशन गरिसकेका छन् भने काँग्रेसका ठूला नेताहरुले समेत उनको निधनमा दुःख ब्यक्त गर्दै सामाजिक संजनालमा श्रद्धान्जली अर्पण गरिसकेका छन् । केही मीडियाले आफ्नो समाचारलाई सच्याएका छन् भने केहीले जस्ताको तस्तै नै राखेका छन्, तर सामाजिक संजालमा भने यसको बिबाद बढेको छ । पारिवारिक रुपमा उनको निधनको पुष्टी भएको छैन ।
पूर्ब परराष्ट्र मन्त्री, पर्यटन मन्त्री तथा भारतका लागी नेपालका पूर्ब राजदूत समेत रहेका नेता बास्तोलालाई नयूरो अस्पतालले मेडिकल्ली नो मोर भन्ने पत्र दिएपछि उनलाई सातदोबाटो स्थीत आफ्नो निवास लगिएको हो ।

मेडिकलली नो मोर भनेको मृत सरह हो, भान्जी सरिता प्रसाँईले भनिन्, महामन्त्री डा. शसाँक कोईराला, केन्द्रीय सदस्य डा. शेखर कोईराला लगायतका काँग्रेस नेताहरु नेता बास्तोलाकोमा गएर फर्किईसकेका छन् । नेता बास्तोलालाई भेटेर फर्किएका पारिवारिक ब्यक्तीत्व अतुल कोईरालाले दिमाग चल्न बन्द भएका र सामान्य पल्स बाँकी रहेको आधारमा मृत घोषणा नगरेको दाबी गरे । भेन्टिलेटरमा राख्दामात्र पल्स चल्ने नत्र नचल्ने समस्या रहेको बताए
काठमाण्डौ मोडल अस्पताल सिनामंगलका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. दामोदर प्रसाद पोख्रेलका अनुसार मेडिकल्ली नो मोर भनेको पनि हि ईज नो मोर नै हो ।