बाग्मती

अब रहेनन ६ बर्षदेखि अर्धचेत कांग्रेस नेता चक्रप्रसाद बास्तोला

काठमाडौँ । झण्डैँ ६ बर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । परिवारका अनुसार नेता बास्तोलाको शनिबार दिउसो निधन भएको हो ।

दिउसो ३ बजे नेता बास्तोलाको अस्पतालले निधन भएको पुष्टि गरेको थियो ।

अस्पतालले मेडिकली नो मोर भनेर मृत्युको घोषणा गरेपछि आज उनलाई खुमलटारस्थित आफ्नै निवासमा लगिएको कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले सूर्यखबरलाई बताईन् । अहिले नेता बास्तोलाको निवासमा  महामन्त्री डा. शशांक कोईराला लगायत कांग्रेसका शीर्ष नेताहरु पुगेका छन् ।

१४ पुस २६९ देखि अचेत अवस्थामा रहेका बास्तोल सोही समयदेखि अस्पतालमा उपचाररत थिए ।

स्नायु प्रतिक्रियासम्बन्धी मोटर न्युरोन फंकसन लगायतका पक्षमा केही सुधार देखिएको भन्दै गतबर्षको माघदेखि अतिसघन उपचार कक्ष आईसीयूबाट उनलाई एचडीयूमा सारिएको थियो ।

बेलायतबाट छोरीहरु आएपछि उनको दाहसंस्कार गरिने बताईएको छ ।