राजनीति

ओली सरकारका कारण थप अस्थिरता बढ्ने संकेत देखियो, काँग्रेस सजग हुनुपर्छ: पुर्बमहामन्त्री सिंह

काठमाण्डौ । राजधानीमा आज नेपाल तरुण दलले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिँहले मुलुकका तमाम बिकृतिहरु लाई रोकन कांग्रेस आनतरिक रुपमा मजबुत हुनु पर्ने बताएका छन् ।

अहिले को नेत्त्रित्व बहुमतको दम्भबाट फरक मत राख्ने हरुलाई पेलेर जान चाहेकाले यो नेतृत्वबाट मुलुका समस्याको सामना गर्न सक्ने आधार नभएको बताएका छन् । पार्टी बिधिबिधान अनरुप चलाउन नसक्नेहरुबाट धेरै आस गर्न नसकिने बताउदै जुन पार्टी प्रचलित मुल्य मान्यता परमपरा हरुलाई लत्यायर तानाशाही सोचले चल्ने प्रयास गरिरहेकोछ उसले बर्तमान मुलुक सामुका चुनौतिको डटेर मुकाबिला गर्ने सक्दैन, नेतथा सिंहको दाबी छ ।

उक्त कार्यक्रममा बोल्दै, बिगत सुनौलौ रहेको कांग्रेस हाल लथालिङ्ग भयकोमा चिन्ता ब्यकत गरेका छन्, एकातिर पार्टीभित्रको असजिलो परिस्थिति बिचबाट पार्टी सुधारको अभियानमा जुट्नु परिरहेकोछ भने अर्कोतिर सरकारको स्वेच्छाचारि शैलीका बिरुद्ध लड्नु पर्ने अत्यन्तै पेचिलो अवस्थामा आफुहरुले काम गर्नु परेको समेत बताएका छन् । फरक प्रसंगमा बोल्दै सरकार शान्ति सुब्यवसथा कायम गर्न महँगी भ्रष्टाचार रोक्न पुर्ण रुपमा असफल भएको बताएका छन् । जनजिवन अस्थब्यथ हुने गरि शान्ति सुरक्षा माथि चुनौति बडढरहदा बजार अनियन्त्रित तरिकाले कालोबजारिले कब्जा गर्दा समेत सरकार छ भन्ने अनुभति हुने गरि नियन्त्रण को प्रयास नगर्नुले मुलुक अराजकतातिर बढेको प्रति चिन्ता ब्यकत गरेका छन् । प्रधानमन्त्री ओली, आफ्ना मन्त्रीहरुलाई भाषणमात्र गर्नु भन्दा नागरिकको अपेक्षा अनुरुप कामगरे देखाउन सुझाव दिदै हाल मुलुकमा देखिएका चुनौतिको सामना गर्न यो सरकारबाट अब सम्भव नदेखिएकाले राजनीतिक अस्थिरता थप बढ्ने तर्फ सजक हुन समेत आग्रह गरेका छन् । दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता चाडपर्वले सबै नेपालीलाई एकतामा बाध्न सकोस मुलुकमा निरासा हटाउन प्रेरणा मिलोस भनी कामना गर्दै बिश्वभरका नेपालीहरुलाई उक्त चाडबाढ बनाउन आग्रह गर्दै शुभकामना ब्यंग्य गरेका छन् ।