राजनीति

काँग्रेसमा गगन र विश्वप्रकास मात्र देखिए अब्बल, नेकपा र ओली सरकार बन्यो निकम्मा

गणेश कञ्चन थापा 

काठमाडौं । देशकै पुरानो लोकतान्त्रीक पार्टी नेपाली कांग्रेसभित्र शक्तिशाली नेताहरु छन् । तर शक्तिशाली कम्युनिष्ट पार्टी र दुई तिहाई सरकारलाई चुनौति दिन सक्ने क्षमता नेपाली कांग्रेसमा दुई युवा नेतामात्र देखा परेका छन् । प्रमुख प्रतिपक्षको बेन्चमा रहेको कांग्रेसको बिरासत ब्यवस्थापिका संसदमा युवा नेता गगन थापाले थामेका छन्,भने पार्टी राजनीतिको विरासत पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले धानेका छन् ।

यति बेला नेपाली कांग्रेसका आधा दर्जनभन्दा बढि नेताहरु भावी नेतृत्वको लिगलिगे दौडाहामा कुद्न थाली सकेका छन् । तर, शक्तिशाली पार्टीले गरेका राम्रा र नराम्रा कामको चिरफार गर्ने क्षमता कांग्रेसका कुनै ठुला नेताले गर्न सकेका छैनन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शेखर कोईराला आगामी १४ औं महाधिवेशनमा सभापति बन्ने दौडमा देशभर काँग्रेस कार्यक्रमहरुमा लागीपरिरहेका छन् । तर कांग्रेसका दुई आशलाग्दा अनुहार थापा र शर्मा भने प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई ‘वाचडक’ गरिरहेका छन् ।

शब्दको पकडमा प्रधानमन्त्री ओली निकै शक्तिशाली छन् । उनका शब्द र सरकारका बारेमा खरो आलोचना गर्ने एकलौटी अधिकार गगन थापाले संसदमा पाएका छन् । ब्यवस्थापिका संसदमा उनले सरकार र प्रधानमन्त्री ओलीलाई कडा टक्कर र चुनौति दिदै आएका छन् । ओलीजस्तै उनले पनि शक्तिशाली शब्दको बिन्यास गर्न थालेका छन् । नेता थापा संसदमा गर्जिएपछि शक्तीशाली अध्यक्ष तथा प्रधानमन्त्री ओली आफैं उत्तर दिन बाध्य छन् ।

ओली प्रधानमन्त्री बने लगतै थापाले भनेका थिए ‘हामी प्रतिपक्षको बेन्चमा बस्न चाहान्छौ, तर प्रधानमन्त्री ओलीसँग उधारोमा होइन नगदमा हिसाव लिन्छौ ।’ कांग्रेसले होइन गगन थापाले ब्यवस्थापिका संसदमा सरकार र प्रधानमन्त्रीसँग नगद हिसाव मागिरहेका छन्., तर ओली सरकारले भने जस्तो नगदमा परिणाम दिन अझै सकेको छैन ।

थापालाई संसदभित्र ओली र सरकारका बिरुद्ध कुर्लिने रणनैतिक जिम्मेवारी कांग्रेसले गगन थापालाई सुम्पेको छ भने पार्टी राजनीतिमा नेकपा अध्यक्ष दाहालविरुद्ध कुर्लिने जिम्मा शर्मालाई दिइएको छ, नेता शर्मा काँग्रेसका प्रवक्ता समेत भएकोले काँग्रेस बिरुद्ध भएका बतिबिधीका बिरुद्ध पार्टीको अभियानका बिरुद्धमा बोल्ने अधिकार स्वतः जान्छ भने कम्युनिष्ट पार्टीलाई बैचारिक स्तरबाट जनस्तरमा ठेगान लगाउने क्षमता गगन थापासंग बाहेक अरुलाई नभएको राजनीतिकबृतमा देखापरेको छ । काँग्रेसमा गगन भन्दा शक्तीसाली नेताहरु धेरै भएपनि संसद तताउने मुख्य भूमिका गगनको मात्र देखिएको छ । बिश्व प्रकाश भने संसदबाहिर नै भएकोले उनले त्यो अधिकार पाउदैनन् ।

यि दुबै कांग्रेसका युवा नेताले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष दहालले बोलेका कुराको जनताले पत्याउने गरी तत्काल जवाफ दिने गरेका छन् ।
ओली र दाहालको सामना गर्ने हैसियत कांग्रेसका अन्य नेतामा देखा परेको छैन । थापा र शर्माका भरमा प्रतिपक्षको विरासत थामिएको छ । ओली सरकारले केही सामान्य काम गरेपनि ब्यवस्थापिका संसदबाट थापाले प्रतिक्रिया दिइहाल्छन्, भने दाहालले केही बोले त्यसको प्रतिवाद शर्माले तत्कालै दिने गरेका छन् ।

युवा पंक्तीको मन जित्न सफल नेता :

नेपाली काँग्रेस मात्र नभइ गगन र विश्व प्रकाशले अन्य पार्टीका युवाहरूको मज पनि जित्न सक्ने क्षमता प्रस्तुत गर्दै आएका छन् । काँग्रेस प्रति आस्थावान नेता तथा कार्यकर्ताहरुले गगन र विश्वप्रकाशलाई एक पटक पार्टी र देशकै नेतृत्व तहमा पुगेको हेर्न चाहान्छन् । तर विडम्वना के छ भने, कांग्रेसले यि यूवा तथा जुझारु नेताहरुलाई कहिल्यै पनि नेतृत्व तहमा पुग्न दिने विश्वास भने गर्न सकिने अवस्था छैन् ।
दुबै नेताहरूको क्षमतालाई देखेर विपक्षी झस्कने र डराउने गरेको पाईन्छ । गगन र विश्वप्रकाश काँग्रेस र देशको नेतृत्व तहमा पुगेको खण्डमा सम्बृद्धिको सपना पुरा गर्न सकिने तर्क युवापंक्तीको छ ।