मनोरञ्जन

मोडल सोनिका भन्छिन् ‘दिल चोरेर भाग्न पाइदैँन’

काठमाण्डौ । चर्चित मोडल सोनिका रोकाया अभिनित फेरी अर्को डान्सिङ गीत “दिल चोरेर भाग्न पाइदैँन” को भिडियो सार्वजनिक भएको छ । गायक राजु थापा मगरको को स्वरमा रहेको भिडियो सार्वजनिक भएको हो ।

गीतमा युवा पुस्ताका प्रेमका भावहरु समेटिएको छ । प्रेम बहादुर कटुवालको शब्द तथा भिम विसीको संगीत एवम एल्मोण्डा राना उप्रेतीको एरेन्ज रहेको छ । धनश्याम शर्माको छायाँकन, प्रविन भटटको सम्पादन, शियोन श्रेष्ठको निर्देशन रहेको छ । “दिल चोरेर भाग्न पाइदैँन ” गीतमा सोनिका रोकाया र जेम्स विसीको फिचरिङ रहेको छ ।