गण्डकी प्रदेश

महिलालाई उद्यमशील बन्न आग्रह

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू नेतृत्व विकाससँगै उद्यमी बन्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका–१७ महतगौडास्थित ढुङ्गेसाँघु सीतापाइला आमा समूहद्वारा दशैँ, तिहारका अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले महिला सशक्तीकरणका लागि गरिने तालीम व्यवहारमा उपयोग हुन नसकेको र प्राप्त ज्ञान सीपलाई समृद्धिसँग जोड्नुपर्ने उल्लेख गरे ।

नेतृत्व विकासका साथै त्यसअनुरुप सामाजिक, आर्थिकलगायतका क्षेत्रमा महिला सक्रिय बन्नुपर्ने उनले औँल्याए ।