बाग्मती

बसको ठक्करबाट गौशालामा एकजना पैदलयात्रुको मृत्यु

काठमाडौं । बसको ठक्करबाट गौशालामा एकजना पैदलयात्रुको ज्यान गएको छ । बा ३ ख ५२२५ बसले ठक्कर दिँदा, सडकपेटीमा हिँडिरहेकी अन्दाजी ४५ वर्षकी महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मेडिकल कलेज सिनामंगलमा विहीबार राति ज्यान गएको र उनको परिचय अझै खुलिनसकेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।