राजनीति

अब काँग्रेसमा कार्यकर्ताको कामको आधारमा मुल्याकङ्न हुन्छ: डा कोइराला

नवलपरासी । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गरेका छन् ।

विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको गैँडाकोटमा काँग्रेस नगर कार्य समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीभित्र अब गुट उपगुट होइन्, एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

महामन्त्री डा कोइरालाले नेपालमा अहिले पनि महामानव बिपी कोइरालाको विचार उत्तिकै सान्र्दिर्भक भएकाले काँग्रेस यो विचारको आधारमा पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिदैं बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाएर अघि बढाउन सकिने बताए ।

काङ्ग्रेस आफ्नै कारण र पार्टीभित्रको केही अपवादका कारण पनि चुनाव हारेको उल्लेख गर्दै उनले सङ्गठनमा लाग्ने कार्यकर्ताको अब सही मुल्याकङ्न हुने र पार्टी कामको आधारमा कार्यकर्तालाई सम्मान गर्ने बताए ।

महामन्त्री डा कोइरालाले हामीले अब पनि काङ्गेसलाई एक बनाएर अघि बढ्न सकेनौं भने हाम्रो भविष्य नरहने बताउँदै सङ्गठनमा पूर्ण एकताका साथ अघि बढ्न सकेमा मात्र सबैको भविष्य सुरक्षित रहने धारणा व्यक्त गरे ।

काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र अब तेरो र मेरो होइन, हामी एक काङ्ग्रेस भएर गाउँ गाउँमा गई जनताको मन जित्नु पर्ने बेला आएको छ भने । पार्टीलाई बलियो बनाउन ठोस कार्यनीति बनाई अघि बढ्नुको विकल्प नभएको उनले जोड दिए ।

काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ, जीवन परियार, महालक्ष्मी डिना उपाध्याय, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाही लगायतले काँग्रेसमा गुटको अन्त्य गरी एकताको सन्देश गाउँगाउँमा पु¥याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरु