मनोरञ्जन

गरिबी कै कारण चर्चित मोडल सारिका र जय देवकोटाले यसपाली भोकभोकै मनाउदै (भिडियो सहित)

काठमान्डौँ । गरिवीको चपेटामा परेका आम नागरिकको बास्तविक जिवन घटनामा आधारित रहेर नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गित “शुन्य ” गीतको भिडियो बजारमा आएको छ । गायक इन्द जैगडी , शान्ति रेग्मी क्षेत्री , कृष क्षेत्री र आरोही श्रेष्ठको आवाजमा रहेको दशैँ तिहारको लोक कोशेली “शुन्य ” गीतको भिडियो बजारमा आएको छ । प्रियसी म्युजिक प्रालीले गीतलाई बजारमा ल्याएको हो ।

फरक रुपमा प्रस्तुत गरिएको गीतमा दशैँ मनाउन नपाउदाको पिडालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको मौलिक लय सिर्जना गीतमा रहेको छ । बबिता श्रेष्ठद्धारा निर्देशित भिडियोलाई मुकेश हुमाँगाईले छयाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका छन । गीतमा जय देवकोटा, सारिका केसी, कृष क्षेत्री र आरोही श्रेष्ठको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियोः–

https://youtu.be/eC0UJgO28cE