पु.समाचार

निर्मला हत्याकाण्डः निलम्बित एसपी बिष्टका छोरा किरणले लेखे प्रधानमन्त्रीलाई खुलापत्र (पत्रसहित)

काठमाडौँ । कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा घटनाको प्रमाण नष्ट गर्ने निलम्बित तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा किरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् । नेपालका मुलधारका मिडियाहरुले नै आफू र आफ्नो परिवारविरुद्ध भा्रमक समाचारहरु लेखेको भन्दैँ न्यायका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेखेका हुन् ।

भ्रामक र कपोलकल्पित समाचारहरु लेखेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दैँ उनले खुला पत्र मार्फत न्याय मागेका छन् । आफुलाई लगाईएको भ्रामक र तथ्यहीन आरोपले मानसिक अवस्था, सामाजिक प्रतिष्ठा, वृति विकास र पारिवारिक अवस्थामा गम्भीर प्रभाव परेको उनले उल्लेख गरेका छन् ।

खुलापत्रः–