सूचना प्रविधि

क्याननको शाखा नेपालमा

काठमाडौँ । क्याननका लागि आधिकारिक बिक्रेता प्रोम्याक्स इन्टरनेशनलले थप सेवा दिने उद्देश्यले शाखा नेपालमा विस्तार गरेको छ । सिङ्गापुरमा उत्पादित क्यानन इमेज स्क्वायरको शाखाको आज नेपालका लागि क्याननका निर्देशक एलेक्स चानले उद्घाटन गरे ।

कम्पनीले सेवाग्राहीको फोटोग्राफीसम्बन्धी चाहनालाई पूरा गर्ने उद्देश्यले सो शाखा स्थापना गरिएको जनाएको छ । कम्पनीबाट उत्पादित क्यामेराले सेवाग्राहीलाई आफ्ना महत्वपूर्ण क्षणलाई कैद गरी स्मरण गर्न मद्दत पु¥याउनुका साथै प्रयोगात्मक अनुभूति दिलाउने क्याननले जनाएको छ । क्यानन कम्पनीका क्यामेरा विगत २५ वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले आज प्रेस विज्ञप्तिमार्फत कम्पनीको विस्तारबारे जानकारी गराएको हो ।