समाचार

विप्लबले मलाई मार्न खोजेका छन्, कञ्चनपुरमा ३० सेकेण्डले बाचेको हुँः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द ‘विप्लब’ ले आफूलाई निशाना बनाएको आरोप लगाएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा नेत्रविक्रम चन्दहरूले केपी शर्मा ओलीभन्दा प्रचण्ड बढी क्रूर छन् भन्ने आरोप लगाएका छन् निु भन्ने प्रश्नमा उनी भन्छन्, “क्रूर देखिए उहाँहरूले गर्न सक्ने गरे हुन्छ नि। उहाँहरूले मलाई बम हान्नुभएकै थियो। ७० को चुनावमा कञ्चनपुरमा म केही सेकेन्डले बाँचेको हुँ, उहाँहरूले मलाई मार्न त खोज्नुभएकै छ नि।”

भाडाको घर खोज्दा पनि तपाईँले एकजना विवादित निर्माणव्यवसायीको घर फेला पार्नुभयो भन्छन् नि भन्ने जिज्ञासामा उनी केही आक्रोशित हुँदै भन्छन्, के विवादित ? कसरी विवादित ? के भएको छ र विवादित ? त्यत्तिकै विवादित भन्दिने ?

आफूसँग सम्बन्ध भएका व्यक्तिलाई त्यसो भन्नु महारोग भएको भन्दै उनी प्रतिप्रश्न गर्छन्, प्रचण्डसँग सम्बन्ध भयो भन्नेबित्तिकै विवादित भन्दिने ?

नेकपा एमाले र माओवादीको एकीकरण भएर बनेको नेकपा एवम् वर्तमान सरकारको नेतृत्व, तथा उनका पूर्वसहकर्मी नेत्रविक्रम चन्दले नेतृत्व गरेको दलले गरिरहेको क्रान्तिबारे प्रचण्डले यस्तो बताएका हुन् ।