सामाजिक सञ्जाल

युवा नेता भण्डारी भन्छन्, ‘समानुपातिक भन्दा प्रत्यक्ष निर्बाचन ठूलो ब्यापार बन्ने संकेत देखियो’

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले काठमाण्डौ क्षेत्र नम्बर ७ मा भ्रष्टाचार नगरेको स्वच्छ आचरण भएकोलाई उप निबाचनमा टिकट दिनुपर्ने धारणा राखेका छन् । नेकपा एमालेका तर्फबाट बिजयी भएका काठमाण्डौ ७ का साँसद रामबीर मानन्धरले नेकपाका बरिष्ठ नेता बामदेब गौतमका लागि उक्त स्थान खाली गरेपछि ब्यक्तीपीच्छे बिभिन्न टीकाटिप्पणी आउने क्रममा नेता भण्डारीले आफ्नो बिचार ब्यक्त गरेका हुन् । ट

नेता भण्डारी सामाजिक संजाल फेसबुकमा यस्तो आग्रह गर्छन्,
“नमस्कार! काठमाण्डौं नं ७ बाट निर्वाचनमा उठ्ने कुरामा सामाजिक सन्जालमा मेरो नाम पनि साथीहरुले लिनु भएकोमा आभार प्रकट गर्दछु । तर विगतमा विचार र आत्मामा राष्ट्रियता, वाक् स्पष्टता र विकासका कारण निर्वाचनमा क्षेत्रनिधारण एवम् राष्ट्रिय सोचको पारितोषित प्राप्त गरिसकेको छु। तसर्थ त्यो मतको मैले कदर गर्नु पर्दछ । शक्ति भएकाले जितेका उम्मेद्वारलाई राजिनामा गराउने र शक्तिशाली तथा पैसावाला खोज्ने हो भने समानुपातिक प्रणाली व्यापार बनेझैं प्रत्यक्ष निर्वाचन पनि अर्को अझ ठूलो व्यापार बन्नेमा कुनै शंका भएन । त्यसकारण जनताको अभिमतको उच्च कदर गर्दै पाँच वर्ष सरकार बाहिर बसेर काम गरौं, पार्टीलाइ समयसापेक्ष बनाउ । अवसर पाउँदा राम्रो काम गरौं । प्रजातान्त्रिक प्रणालीलाइ विकृत बनाउन हुदैन । यस्ता काम गर्नु हुदैन । उठ्ननै परे विगतमा उम्मेदवार नभएका राष्ट्रवादी, भष्टाचार विरोधी व्यक्तिलाइ उम्मेदवार बनाउँ । युवाहरुले देशको नेतृत्व गर्नका निम्ति नयाँ विचार, दृष्ट्रीकोण र राष्ट्रवादी सोचको विकास गर्दै धैर्य गर्नु पर्दछ । जसको शक्ति उसको भक्ति गर्ने हो भने अब प्रजातान्त्रिक मुल्य र मान्यता सहितको प्रजातन्त्र नेपालमा रहदैन । कम्युनिष्ट पार्टीको यो गैर जिम्मेवार व्यवहारले सिंह दरबार त पुगिएला र कुर्चि पनि पाइएला तर राष्ट्र र प्रजातन्त्र कमजोर बन्ने छ । दुइ तिहाईको सरकार राम्रो संग चलाउन छोडेर नचाहिने काममा लाग्नु शुभचिन्तक को लागि पनि अपमान गर्नु हो । पार्टीका युवाहरुले नेताहरुले लाजलाग्ने काम गर्दा पनि पुराना रसिद र नेताका मुख सुग्न थाल्ने हो भने न त्यो युवा हुन्छ न त्यो पार्टी जिवन्तनै रहन्छ ११ नेपाली कम्युनिस्ट नेताहरुमा जनता एवम् राष्ट्र प्रतिको जवाफदेहीता शंकाको कठघरामा उभिएको देखिन्छ । न्यायाधीश त समय र नेपाली जनता नै हुन् । अबको प्रश्न पहिलो शिकार कस्ले कसको गर्दछ भन्ने मात्र हो १ १ जय नेपाल जय नेपाली..”