समाचार

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार गोरखा जिल्लास्थित रणसिंह दल गण र धादिङ्गस्थित नं. ६ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न गरेका छन्।

निरीक्षण भ्रमणमा प्रधानसेनापति थापाले उक्त बाहिनी र गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमणको क्रममा मंगलबार यनी रणसिंह दल गण गोरखातर्फ प्रस्थान गरी निरीक्षण सम्पन्न पश्चात आज काठमाण्डौं फिर्ता भएका छन् ।