कर्णाली प्रदेश

दश गाउँ छाउगोठमुक्त

जुम्ला । जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँको रुपमा छाउगोठमुक्त घोषणा गरिएपछि १० गाउँ पुगेका हुन् । सो गाउँपालिकाको श्रीनगर, हियाखोला र जैतपुरका बस्तीलाई छुईगोठमुक्त घोषणा भइसकेका छन् । तिला गाउँपालिकाको ढिमकोट, जोगीवाडा, रावतवाडा र पातारासी गाउँपालिका–५ वडा माथिल्होर्प र तलिल्होर्प गाउँ पहिला नै छाउगोठमुक्त घोषणा गरिएका छन् ।

तातोपानी गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्याकाअनुसार अहिले महिलामा केही सचेतनाको विकास भएको छ । महिलाको सुरक्षालगायतका विषयमा विशेष सहयोग गर्ने श्रीमान् तथा परिवारलाई स्थानीयतहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी–५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताए ।