समाचार

पशुवली रहित दशै मनाऊ भन्दै राजधानीमा बृहत मोटरसाइकल र्याली

काठमाडौँ । श्रीकृष्ण प्रणामी यूवा परिषद्को आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित अहिंसा मय दशै मनाऊ भन्दै बृहत मोटरसाइकल mयालीको आयोजना सम्पन्न भएको छ । उपत्यका का तिनै जिल्ला समेटेर गरिएको उक्त र्याली उपत्यका का विभिन्न मठ मन्दिर हुदै जैन मन्दिरमा पुगी समापन समारोह अहिंसा गोस्ठी सहित सम्पन्न गरिएको थियो ।

अहिंसा गोष्ठिलाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता तथा पुर्व मन्त्रि डा.प्रकाश शरण महतले हत्या,हिंसा, बलत्कार जस्ता सामाजिक विकृती न्युनिकरण गर्न शाकाहारी भोजनको ठुलो महत्व रहने बताए । उहाँले माहात्मा गान्धिको अहिंसा अभियान सफल हुन पनि शाकाहार जिवनले प्रेरणा दिएको र समाजलाई शान्त,सद्रभाव,प्रेम,दया,करुणा,भाइचारा अभिबृद्धि गर्न शाकाहार ब्यक्तिहरुको योगदान रहने बताए ।

वलीका नाममा जिव जन्तुको हत्या नगर्नु का साथै आफुमा रहेका काम,क्रोध,लोभ,अहंकार जस्ता अवगुणको वली दिनु उतम हुने डा. महतले बताउनु भयो । यसै गरि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्याम केसीले हिन्दु धर्मका गिता, भागवत,रामायण जस्ता मुल ग्रन्थहरुमा पशु वली गर्नु पर्छ भनि कतै उल्लेख नभएको र मठ मन्दिरमा परंपराका रुपमा निर्दोस पशु हत्या भैरहेको हुदां पवित्र मठ मन्दिरमा अव देखी वलीका नाममा अवोध पशु पन्छिको वली नगरौ भन्ने सबैमा अनुरोध गरे ।

उनले देवी माताले आफ्नै सन्तानको रगत न माग्ने हुदां आजैबाट पशु वली त्यागौ भन्नु भयो । अर्का बक्ता श्रीकृष्ण प्रणामी यूवा परिषदका अध्यक्ष नवराज ढकाले सार्वजनिक स्थल,मठ मन्दिरहरुमा पशु पन्छिको वली दिनु गलत कार्य हो र वली भनेको आफु भित्रका दुर्गुणहरुको वली दिई देवी माता प्रति समर्पण हुनु नै वास्तविक ओ्लीले भने ।

उनले यूवा परिषद्ले विगत १६ वर्ष देखि पशु पन्छिको वली निषेध र शाकाहारी बनौ भन्ने जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको र यस बाट धरै मठ मन्दिरहरुमा पशु वली गर्न छाडेको जानकारी गराए ।
उनले पशुवली निषेध र शाकाहारी अभियान सम्बन्धी जनचेतना देशका विभिन्न जिल्लाहरुमा नियमित संचालन हुदै आएको समेत जानकारी दिए । यसै गरि जैन परिषदका अध्यक्ष फुल कुमार ले शाकाहारी वली प्रथा विरुद्धमा सबै अहिंसा प्रेमी सस्था संग मिलेर अहिंसा अभियान संचालन गर्ने बताए । सो समारोहमा पुरा तत्व विभागका माहानिर्देशक भेषराज दाहालले सब्य समाजका लागी शाकाहारी आधार हो भन्दै आज विश्वमा शाकाहारी प्रति आकर्षन बड्रदो क्रममा रहेको बताए ।

सो समारोहमा शाकाहारी संघका अध्यक्ष हरि कुमार सिलवाल,तेरा पन्थ महिला संघकी अध्यक्ष मन्जु जैन, नेपाल अणुव्रतका अध्यक्ष ज्योती कुमार बेगानी लगायतका बक्ताहरुले अहिंसा र शाकाहारीका बारेमा बोलेका थिए । सो अवसरमा अहिंसा हाम्रो संकार,शाकाहार हाम्रो पहिचान विषक गोष्ठिको आयोजना गरिएको थियो । सो अवसरमा भारत मुम्बैका महाजन समाजबाट श्रीकृष्ण प्रणामी यूवा परिषदलाई अहिंसा अभियानका लागी १० थान साउण्ड सिस्टम हस्तान्तरण गरिएको थियो ।