समाचार

बिखण्डनकारी सिके रावतविरुद्ध मुद्धा दायर गरिदैँ, प्रमाण जुटाउन प्रहरी जुट्यो !

काठमाडौँ । विखण्डनकारी भनिने स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके रावतविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्धा दायर हुने भएको छ । आईतबार पक्राउ परी ४ दिन देखि थुनामा राखिएका रावतलाई पक्राउलगत्तै राउतका आफन्तले रौतहट जिल्ला अदालतमा उनको रिहाइका लागि

बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । पटपटक पक्राउ परी प्रमाण नपुगेको भन्दैँ अदालतको आदेशमा छुट्दैँ आएका रावतमाथि अनुसन्धान गर्न ४ दिनको समय दिएको थियो ।

अदालतले राज्यविरुद्धको अपराधमा सामेल हुने विभिन्न गतिविधी गरेको भन्दैँ अदालते मुद्धा दायर गरी अनुसन्धान आगाडी बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राज्य विरुद्ध रावतले गरेको विभिन्न गतिविधी लगायत प्रमाण खोज्न प्रहरी यतिबेला लागिपरेको छ ।

नयाँ मुलुकी ऐनमा गरिएको व्यवस्था अनुसार राज्यविरुद्धको अपराधमा राउतलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ ।